काठमाण्डु – नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । मंगलबार बसेको पार्टी बैठकले सचिवालयमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी मुख्यतयाः पदाधिकारी सम्मिलित २४ जनाको प्रतिनिधित्व रहने निर्णय गरेको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले महासचिव घनश्याम भुसालको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने…