माओवादी अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका बम रिहा

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बमलाई रिहा गरिएको छ । आईतबार चितवनबाट पक्राउ परेका उनलाई आईतबारै रिहा गरिएको छ । बमलाई चितवनबाट पक्राउ गरेर मकवानपुर लगिएकोमा रिहा गरिएको छ । आईतबार साँझ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २ पक्षबीच छलफलपछि बमलाई रिहा गरिएको छ…