ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् । बिहीबार जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले सेवा प्रदायकसँग समन्वय गरेर जतिसक्दो छिटो आरटीडीएफ परिचालन गर्न निर्देशन दिए । यस वर्ष जसरी भए पनि देशैभर फोरजीको सेवा विस्तार गर्न उनले निर्देशन दिए ।…