काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बेइजिङ जाने कार्यक्रम स्थगित भएको छ । चिनियाँ विदेशमन्त्री पर्सि शुक्रबार छेन्दुमा रहने भएकाले परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीको सन्दर्भमा अब परराष्ट्रमन्त्री डा. देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छेन्दुमा…