परराष्ट्रमन्त्री डा. राणाको सम्बोधन : मानवअधिकार रक्षामा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्र

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध रहिआएको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रलाई सोमबार जेनेभामा सम्बोधन गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद पनि मानव अधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रूपमा रहँदै आएको बताइन् । ‘नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका…