आज बस्ने प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

काठमाण्डु- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्…