अजरबैजान उडे राष्ट्रपति पौडेल (तस्वीर)

काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेल आइतबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत पुगेका थिए। बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि…