काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले बेथितिपूर्ण बाटोबाट सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद पराजुलीले सर्वोच्च अदालतको संवैधानिक इजलाश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन विषयलाई सरकारले अघि बढाउन लागेको भन्दै संसद्मा सरकारको जवाफसमेत माग गरेका छन् । ‘सम्मानित…