काठमाण्डु – सरकारले परराष्ट्रसचिव सेवा लम्साललाई बेल्जियमको राजदूत बनाएर पठाउने तयारी गरेको छ । निकटस्थ स्रोतका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकबाट १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस हुँदा सचिव लम्सालका लागि भनेरै बेल्जियममा नयाँ राजदूत सिफारिस गरिएन । अहिले बेल्जियममा गेहेन्द्र राजभण्डारी राजदूत छन् । उनको कार्यकाल आगामी मंसिर २० गते सकिने भएकाले लम्साललाई राजदूत बनाएर…