काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा उत्रिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘सरकारले अध्यादेशको नाममा देश लुट्न खोजेको छ । हामी अध्यादेशको विरोधमा उत्रिन्छौं । हेर्न चाहिँ अध्यादेशजस्तो बनाइएको छ तर देश लुट्न खोजेको छ,’ उनले भने…