शाही ‘कु’ भएको दिन

काठमाण्डु- आज माघ १९ गते अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा यसै दिन शासनसत्ता हातमा लिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रिपरिक्षद् गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो दिनको रूपमा स्मरण…