काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकारविरुद्ध शनिवार खबरदारी सभा गर्न लागेको छ । सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन् । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ…