प्रदेश मन्त्रीमा भनेजति भाग नपाएपछि कांग्रेसको शेखर समूह देउवासँग असन्तुष्ट

काठमाण्डु - प्रदेश सरकारमा भाग नपाएपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह संस्थापनसँग असन्तुष्ट बनेको छ । संघमा नेपाली कांग्रेस–नेकपा एमालेसहितका दलको गठबन्धन सरकार बनेपछि प्रदेशहरूमा पनि त्यही अनुरुपका गठबन्धन सरकार बनिरहेका छन् । गठबन्धन सरकार बन्दा आफूहरूलाई कुनै पनि प्रदेशमा मुख्यमन्त्री र हैसियत अनुरुपका मन्त्रीहरू नदिएको भन्दै डा. कोइराला समूह देउवासँग असन्तुष्ट बनेको हो…