काठमाण्डु – स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुरको नगर प्रमुख (मेयर) पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनलाई पछि पार्दै कृष्णमान विजयी भएका हुन् । निर्वाचित कृष्णमानले ५ हजार ६९ मत पाउँदा माओवादीका शिवले ४ हजार ११९ मत मात्रै पाए । कीर्तिपुरमा नेकपा एमाले तेस्रो स्थानमा खुम्चिएको…