मधेशमा ढल्यो जसपा नेपाल नेतृत्वको सरकार

काठमाण्डु- मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ । बुधवार मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएसँगै जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।…