कांग्रेस-एमाले गठबन्धनले पार्टीभित्र देउवा-खड्का सम्बन्धमा दरार

काठमाण्डु – प्रतिनिधि सभाका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनसहित सत्तासहकार्यको सहमति हुँदा कांग्रेसभित्र असन्तुष्टि बढेको छ । मुख्यगरी कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबीचको सम्बन्ध बिग्रिएको नेताहरू बताउँछन् । यसअघि एमालेसँग माओवादीले गरेको गठबन्धन भत्काएर नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेससँग ल्याउन उपसभापति खड्काले मुख्य भूमिका…