बालकोटको प्रस्टीकरण : मन्त्रीहरूलाई अध्यक्ष ओलीले बोलाएको खबर सत्य होइन

काठमाण्डु – नेकपा एमाले र नेपाली कांग्रेसको नयाँ गठबन्धन बन्ने चर्चासँगै अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाएको खबर सत्य नभएको भन्दै खण्डन गरिएको छ । सामाजिक सञ्जाल फेसबूकमा ‘बालकोट’ पेजमा राखिएको प्रस्टीकरणमा भनिएको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर…