प्रतिनिधिसभाको सचिवमा राई नियुक्त

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन्। राष्ट्रपतिले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन्। यसअघि नियुक्त सचिव सुरेश अधिकारीले  २०८१ मंसिर ९ गते राजीनामा दिएपछि उनको ठाउँमा झापाका राईलाई नियुक्त गरिएको हो। सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम झापाका राईलाई सचिव नियुक्तिका लागि सिफारिस गरेका…