काठमाण्डु - शुक्रबार राति गएको भूकम्पपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबार बिहान सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत,उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परि धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा…