काठमाण्डु – नेपाल सरकारले काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को सिंगापुर भ्रमण स्वीकृत गरे पनि मेयर शाह स्वयंले भ्रमण रद्द गरेका छन् । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिहीबारको मन्त्रिपरिषद् बैठकले मेयर शाहको भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिएकी थिइन् । लगत्तै मेयरका स्वकीय सचिव भूपदेव…