कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र असफल बनायौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशबाट भएको गठबन्धन भत्काउने षड्यन्त्रलाई आफूहरुले सफल हुन नदिएको बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग लिखित सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको उनले बताए । सरकारको…