काठमाण्डु – सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दिउँसो सुरु भएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठकले समितिको कार्यादेश टुंग्याउनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ…