समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने अवस्था अन्त्य भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने बताएका हुन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता…