हामी गठबन्धनमा छौं तर मनमा चैन छैन : माधव नेपाल

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको दुखेसो पोखेका छन् । चितवनमा पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको खुलासा गरे । उनले भने, ‘अहिले हामी यो गठबन्धनमा छौं । अल्ली चैन भइराख्या छैन ।…