काठमाण्डु- अमेरीका भ्रमण जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक टुंग्याउन दौडधूप तीव्र पारेका छन्। भदौ अन्तिममा संयुक्त राष्टसंघको महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड अमेरिका जान लागेका छन्। नेपालको संक्रमणकालीन न्याय निरुपणमा भइरहेको बिलम्बलाई लिएर अन्तर्राष्ट्रिय जगतको गम्भीर चासो रहँदै आएको छ। पछिल्लो हप्ता मात्रै पनि अमेरिकी सिनेटरले यसबारे प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग…