यस्तो छ उद्योग मन्त्रालयलाई प्रधानमन्त्री प्रचण्डले दिएको १० बुँदे निर्देशन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री प्रचण्डले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न भन्दै १० बुँदे निर्देशन दिएका हुन् । त्यस्तै उनले अनधिकृत व्यापार नियन्त्रण गरी स्वदेशी उद्यम र व्यापारको प्रवर्धन गर्नको…