काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउद कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताए । उनले भने, ‘विदेशी र गैरसैनिक मुक्त गर्ने…