उपलब्धिलाई हल्लाउने प्रयास भयो : रक्षामन्त्री खड्का

काठमाण्डु- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताएका हुन् । 'अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर, मुद्दा…