काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ गठबन्धन ४–५ जना नेताहरूको क्लब जस्तो भएको गुनासो गरेका छन् । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले आफू कांग्रेस महामन्त्री भए पनि गठबन्धनबारे केही थाहा नपाउने खुलासा गरे । उनले भने, ‘गठबन्धन पनि बिस्तारै कस्तो बन्दै गएको छ भने ४–५ जना…