एमाले विधान महाधिवेशन : कर्ण थापालाई फरक मत पेस गर्न रोक

काठमाण्डु - ललितपुरको गोदावारीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत प्रस्तुत गर्न रोकेका छन्। बन्दसत्रमा थापाले ३२ पृष्ठको फरक मत राख्न खोज्दा ओलीले समय अभावको कारण देखाउँदै रोकेका हुन्। थापाले झन्डै आधा घण्टा उभिएर आग्रह गरे पनि बोल्न पाएनन्। उनले आफ्नो मत लिखित रूपमा…