संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो शर्त

काठमाण्डु – नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तावित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा आफ्नो प्रतिनिधि पठाउनुअघि विभिन्न ४ बुँदे शर्त अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुधबार पत्र पठाउँदै कांग्रेसले कार्यदलको विधि, कार्यक्षेत्र र सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने माग गरेको हो । नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा संविधान संशोधनलाई…