जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत

काठमाण्डु - अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने, 'निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।' प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने । उनले…