काठमाण्डु - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार (आज) बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोगको सचिवालय,राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। यस्तै…