काठमाण्डु - नेपालका विभिन्न जलविद्युत परियोजनाहरूबाट ११,००० मेगावाट ऊर्जा पाइपलाइनमा रहेको बेला नेपाल र भारतले पाँच प्रसारण लाइनको निर्माण, स्तरोन्नति र लगानी मोडालिटीमा नयाँ सम्झौता गरेका छन् । भारतको नयाँ दिल्लीमा भएको ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त कार्यदलको १२ औं बैठकले ४०० किलोभोल्ट क्षमताका दुई सीमापार प्रसारण लाइनहरूको लगानी मोडालिटीलाई अन्तिम रूप दिएको छ । विद्युत…