काठमाण्डु– उर्जामन्त्री दिपक खड्काले विद्युत प्राधिकरणको स्वयतपत्र यथार्थपरक रहेको बताएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विद्युत प्राधिकरणको नाफा र घाटाको सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक रहेको बताएका हुन् । उनले भने, ‘विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा अहिलेको स्वयतपत्र यथार्थपरक छ अझै यसमाथि आयोजनाहरु तिर्नुपर्ने यकिन आइसकेको नभएर…