राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

काठमाण्डु– राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ स्वीकृत भएको छ। बुधवारको राष्ट्रियसभा बैठकले अध्यादेश स्वीकृत गरेको हो। अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो तर राष्ट्रियसभाले बहुमतले अध्यादेश स्वीकृत गरेको हो।