काठमाण्डु – सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ । आईतबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए । सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाइ गरिने साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवं सामानहरू पनि संकलन…