काठमाण्डु – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने उद्घोष गरेका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरेलगत्तै सम्बोधन गर्दै ओलीले सँगसँगै अदालतमा कानूनी लडाइँ साथमै लिएर जाने बताए । असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने उनले बताए…