काठमाण्डु – नेपाली कांग्रेसले अन्तरिम सरकार गठन र ससद् विघटन संविधानविपरीत भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै संसद् विघटन गरेलगत्तै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय असंवैधानिक भएको ठहर गरेको हो। यसले लोकतन्त्र नै धरापमा पारेको दाबी गर्दै जेनजेड आन्दोलन नै खेर…