काठमाण्डु- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक सोमबार बिहान ९ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ। समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीभित्रै गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद…