काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको दक्षिणपन्थी अवसरवाद अन्त्य नगर्दासम्म एमालेलाई पहिलो राष्ट्रिय शक्ति बनाउन नसकिने बताएका छन् । बुधबार काठमाण्डुमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै गुरुङले आफूलाई मात्रै शुद्ध ठान्ने र अरूलाई पार्टीमा ल्याउन नचाहने प्रवृत्तिले पार्टी बलियो नबन्ने बताए…