सामाजिक सुरक्षा कोषमा आबद्ध रोजगारदाताले के-के सुविधा पाउँछन् ?

काठमाण्डु– सबैभन्दा पहिलो कुरा त सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूको तथ्यांकबारे चर्चा गर्न जरुरी छ। कोषमा यतिबेलासम्म २१ हजार २०० भन्दा बढी रोजगारदाता आबद्ध भइसकेका छन् भने औपचारिक क्षेत्रमा ६ लाख ९ हजार जना आबद्ध छन्। यसरी हेर्दा हालसम्म २४ लाख ३० हजार जना कोषमा आबद्ध भएको देखिन्छ। कोषमा ८८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ…