संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाण्डु – संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउँसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकोमा १५ मिनेटपछि बसेको बैठकले पारित गरेको हो । राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथि…