काठमाण्डु – नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक ठहर गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अदालतबाटै निर्णय हुने जानकारी दिए । कांग्रेसले सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनमा भाग लिने…