कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ देखि हुने

काठमाण्डु-कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभा बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारद्वारा आह्वान गरिएको उक्त अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्नेछ। त्यसका निम्ति प्रदेश सरकारले…