चितवनमा बस पल्टिँदा २३ जना घाइते

काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौ आइरहेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।…