काठमाण्डु – राजधानी काठमाण्डुको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर बस्नेतले पदीय मर्यादा विपरीतका…