काठमाण्डु- प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नयाँ भू–राजनीतिक द्वन्द्वका कारण नयाँ राजनीतिक ध्रुवीकरणको प्रक्रियाबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ । पार्टीको आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले विश्वमा नयाँ शीतयुद्धका संकेतहरू देखा परिरहेको र पश्चिमी साम्राज्यवादको एक ध्रुवीय विश्व भत्किएको निष्कर्ष निकालेको हो । काठमाडौंमा पुस २१ देखि २४सम्म बसेको बैठकमा अध्यक्ष पुष्पकमल…