सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

काठमाण्डु- हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला सिमकोट पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थ बुझ्न आएको टोली घटना…