काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा एमालेसँगको सत्ता गठबन्धन तत्काल तोड्नुपर्ने बताएका छन् । नवलपुरको डन्डामा नेपाल थारु संघ नवलपुरको प्रथम अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनले मुलुकलाई ‘एमालेकरण’तर्फ धकेल्दै लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई गम्भीर क्षति पुर्याइरहेको आरोप लगाए । डा. कोइरालाले संविधान संशोधनजस्तो गम्भीर विषयमा कांग्रेस–एमाले मात्र मिलेर…